ताक्लाकोटमा एक नेपालीको मृत्यु

हुम्ला- चीनको स्वशासित क्षेत्र तिब्बतको ताक्लाकोटमा होटल सञ्चालन गर्दै आएका एक नेपालीको मृत्यु भएको छ । डोटीको जोरायल गाउँपालिका–२ घर भएका ५५ वर्षीय वीरबहादुर थापाको मृत्यु भएको हो ।

हृदयघातका कारण माघ २ गते मृत्यु भएका उनको शव आज हिल्सा हेलिकोप्टरमार्फत ल्याइएको निजका आफन्त कुमार भण्डारीले बताउनुभयो ।

हुम्लाबाट नेपालगञ्ज हुँदै निजको शव डोटी पुर्याइने भण्डारीले जानकारी दिनुभयो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.