समग्र सञ्चार क्षेत्रकै पुनर्संरचना गर्ने प्रकृया अघि बढेको छ : सञ्चारमन्त्री शर्मा

काठमाडौँ- सञ्चार तथा सुचना प्रविधि मन्त्री रेखा शर्माले सरकार प्रेस स्वतन्त्रताप्रति पूर्ण प्रतिबद्ध भएको बताउनुभएको छ ।

मन्त्री शर्माले कार्यभार सम्हाल्नु भएको एक बर्ष पुगेको सन्दर्भमा मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री शर्माले समग्र सञ्चार क्षेत्रकै पुनर्संरचनाका लागि आम सञ्चार ऐन र मिडिया काउन्सिल ऐन प्रक्रियामा अघि बढाएको बताउनुभयो ।

श्रमजीवी पत्रकारको पेशागत तथा भौतिक सुरक्षा र आम सञ्चार क्षेत्रमा समावेशीकरणको सवाललाई पनि मन्त्रालयले प्राथमिकतामा राखेको पनि उहाले बताउनुभयो ।

चालु नेपाल टेलिभिजन र रेडियो नेपालको पुनःसंरचना गर्न सार्वजनिक प्रसारण विधेयक यसै बर्ष भित्र पारित गरी अघि बढाउने तयारी सरकारले गरेको पनि मन्त्री शर्माले बताउनुभयो ।

सरकारी स्वामित्वका सबै सञ्चारमाध्यमलाई थप समावेशी बनाउँदै लैजान सरकार प्रयत्नशील रहेको पनि मन्त्री शर्माले बताउनुभयो ।

त्यसक्रममा रेडियो नेपाल, नेपाल टेलिभिजन र गोरखापत्रले भाषाभाषीको संख्या बढाइरहेका र राससबाट मातृभाषामा समाचार सेवा सुरु भएको पनि मन्त्री शर्माले वताउनुभयो ।

सरकारी सञ्चारमाध्यम सरकार र जनताका बीचमा पुलको काम गर्ने माध्यम बन्नुपर्ने भन्दै मन्त्री शर्माले जनताका गुनासा सरकारसमक्ष पुर्‍याउने र सरकारले गरेका राम्रा काम जनतासमक्ष पुर्याउने भूमिका खेल्नुपर्नेमा मन्त्री शर्माले जोड दिनुभयो ।।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.