धादिङकाे चरौदीदेखी चितवन जाेड्ने सडक कालोपत्रेकाे अन्तिम चरणमा

धादिङ – कृषी सडकको रुपमा खोलीएको बेनीघाट रोराङ्ग गाउँपालीकाकाे चरौदीदेखी स्यादुलसम्म पुग्ने सडक कालोपत्रे गर्ने अन्तिम तयारीमा छ ।

सडक निर्माणकाे तीन दशकपछि दक्षिणी धादिङ स्थित चारौदीदेखी चितवनसम्म जाेडिने साे बाटाे कालो पत्रे गर्न लागिएकाे छ । बेनीघाट रोराङ्ग गाउँपालीकाको चरौदी हुदै चितवनको राप्ती नगरपालीका स्थित सोलाभाँजाबाट सो सडक भण्डारा जोडिने छ ।
चितवनको राप्ती नगरपालिका स्थित वडा नम्वर १३ सम्म जोडीएको हो ।
पृथ्वी राजमार्गको चरौदीदेखी १६ किलो मिटर दुरीको सो कृषी सडक पुर्वी नेपालको तराईलाई जोड्ने बैकल्पिक मार्गको रुपमा समेत खोलिएको हो ।
सडकको पहिलो चरणमा चरौदीदेखी आठ किलो मिटर धुषासम्म कालो पत्रे गरिने छ भने बाँकी दोस्रो चरणमा कालो पत्रे गरिने छ ।

सडक कालो पत्रेका लागी नाला निर्माण गर्ने र वेसा राख्ने काम सकिएको छ भने अबको केही दिनमा कालो पत्रे गर्ने तयारी गई रहेको छ ।।
सडकको स्तराेन्नतिसंगै सो क्षेत्रका स्थानिय निकै खुसी भएका छन् । तरकारी र फलफुल उत्पादनका लागी निकै राम्रो मानिएको धुषा र स्यादुलका किसानहरुले अब हरेक सिजनमा तरकारी विक्रिका लागी सहजै बजार लग्न सकिने मात्रै नभई सो क्षेत्रमा विकास निर्माणसमेत सहज हुने जनप्रतिनिधिहरुको भनाई छ ।
सडक डिभिजन कार्याल नुवाकोटले २९ करोडको लागतमा आठ किलो मिटर स्तरउन्नतीको लागी काम सुरु गरेको हो । सो सडक निर्वाचन क्षेत्र रणनीतक सडक अन्तरगत स्तरउन्नतीको काम सुरु गरेको हो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.