वैज्ञानिक आविष्कार र अनुसन्धानमा विश्वविद्यालय केन्द्रित हुनुपर्छ : अध्यक्ष ओली

सुर्खेत- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको समृद्धिका लागि विश्वविद्यालयलाई आविष्कार र अनुसन्धान केन्द्रको रुपमा विकास गर्न जरुरी रहेको बताउनु भएको छ ।
आज सुर्खेतको वीरेन्द्रनगर स्थित मध्यश्चिम विश्वविद्यालयको स्कूल अफ मेनेजमेन्ट (मुसुम) को नवनिर्मित भवनको उद्घाटन गर्दै पूर्व प्रधानमन्त्री समेत रहनु भएका अध्यक्ष ओलीले विश्वविद्यालयलाई वैज्ञानिक आविष्कार र अनुसन्धान केन्द्रका रुपमा विकास गर्न आग्रह गर्नु भएको हो ।
उहाँले शैक्षिक बेरोजगारी राष्ट्रको मूल समस्या बन्दै गईरहेको बताउँदै देशभित्रै उद्यमशील वातावरण निर्माण गरी रोजगारी सिर्जना, स्वरोजगारी र समृद्धि हासिल गर्ने शिक्षाका पाठक्रम निर्माण गर्नेतर्फ प्राध्यापकहरुले ध्यान दिन सुझाव दिनु भयो । नेपाल सुहाउँदो विकास र परिवर्तनको मोडेलका लागि विश्वविद्यालय तहमा अध्ययन, अनुसन्धान जरुरी रहेको उहाँको भनाई थियो ।
आजै अध्यक्ष ओलीले विश्वविद्यालयको डिजिटलाइजेशन एण्ड अटोमेशन सिस्टम र कर्णाली आदिवासी ज्ञान, सीप तथा प्रविधि संस्थानको भवन समेत उद्घाटन गर्ने कार्यक्रम रहेको छ । साथै मध्यपश्चिम विश्वविद्यालयका विद्यार्थीसँग केपी शर्मा ओली विषयक अन्तरक्रिया कार्यक्रमसमेत राखिएको विश्वविद्यालयका उपकुलपति नन्दबहादुर सिंहले जानकारी दिनु भयो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.