प्रधानमन्त्री प्रचण्डले असंलग्न राष्ट्रहरुको सम्मेलनलाई आज सम्बोधन गर्नु हुने

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ असंलग्न राष्ट्रहरुको आन्दोलन (नाम) को उन्नाइसौं सम्मेलनमा सहभागी हुनुभएको छ ।
सम्मेलनमा भाग लिन हिजो (बिहीबार) प्रधानमन्त्री प्रचण्ड नेतृत्वको नेपाली प्रतिनिधिमण्डल युगाण्डाको कम्पाला पुग्नुभएको हो ।
प्रधानमन्त्री प्रचण्डले आजै ‘नाम’को सम्मेलनमा सम्बोधन गर्नुहुने कार्यतालिका रहेको छ ।
सम्मेलनमा सहभागी हुनुअघि प्रधानमन्त्री प्रचण्डले युगाण्डामा रहेका नेपालीहरुसँग भेट गर्नुभएको थियो ।
भेटमा उहाँले आफ्नो युगाण्डा भ्रमण पहिलो रहेको बताउनुहुँदै त्यहाँ रहेका नेपालीहरुसँग अन्तरक्रिया गर्न पाउँदा खुशी व्यक्त गर्नुभयो ।।






प्रतिक्रिया राख्नुहोस्