रुख काट्ने क्रममा करेन्ट लागेर एकको मृत्यु

गोरखा- गोरखाको पालुङटार नगरपालिकामा आज करेन्ट लागेर एक जना पुरुषको मृत्यु भएको छ । 

मृत्यु हुनेमा पालुङटार नगरपालिका–६  गाँइखुरका ४८ बर्षिय अनन्त परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार परियारले आफ्नै बारीमा रहेको कटहरको रुख काट्ने क्रममा हाइटेन्सन लाइनमा रुखले छोए पछि रुखबाट लडेर गंभिर घाईते भएका थिए ।

घाईते परियारको तनहुँको लक्ष्मी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।बिहीबार दिउसो १२ः३० बजे रुख काट्ने क्रममा घाईते भएका परियारको उपचारको क्रममा सोही दिन दिउसो १ः४० बजे मृत्यु हो ।

परियारको दमौली अस्पतालमा पोस्टमार्ट पछि आज मात्र शव आफन्तलाई बुझाइएको सूचना अधिकारी श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.