सुदूरपश्चिममा सत्ता गगठबन्धनलाई सुविधाजनक मतभार,प्रचारमा ब्यस्त उम्मेदवार

कैलाली:  यही माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा सुदुरपश्चिम प्रदेशबाट तीन राजनीतिक दलका ६ उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन् । सुदुरपश्चिममा अल्पसंख्यक तथा अपाङ्गता, अन्य र महिला कलस्टरका तीन पदका लागि निर्वाचन हुदैछ ।

सत्ता गठबन्धनका तर्फबाट अल्पसंख्यक तथा अपाङ्गता कलस्टरमा नेपाली काग्रेंसको तर्फबाट कैलालीका नारायणदत्त भट्ट, अन्य कलस्टरमा नेपाली काग्रेंसको तर्फबाट कञ्चनपुरबाट बलदेव बोहोरा र महिला कलस्टरमा माओवादी केन्द्रबाट बैतडीकी रेणु चन्दलाई उम्मेदवार बनाईएको छ ।

यस्तै नेकपा (एमाले) ले अन्य कलस्टर तर्फ कञ्चनपुरका ईश्वरीप्रसाद खरेल, महिला कलस्टरमा कैलालीकी सावित्री घिमिरे र अल्पसंख्यक तथा अपाङ्गता कलस्टरमा कैलालीका रामचन्द्र जोशीलाई उम्मेदवार बनाएको छ ।

भट्ट नेपाली कांग्रेस कैलाली जिल्ला सभापति हुनुहुन्छ । उहाँ २०६२÷६३ सालको जनआन्दोलनमा घाइते हुनु भएको थियो । बोहरा कञ्चनपुर जिल्ला विकास समितिका सभापति, २०६४ सालमा संविधानसभा सदस्य हुनुभएको थियो । चन्द माओवादी केन्द्रीय सदस्य तथा पहिलो संविधानसभा सदस्य हुनुहुन्छ । गठबन्धनले सुदूरपश्चिममा कांग्रेसलाई अपाङ्ग र अन्यमा गरी २ र माओवादी केन्द्रलाई महिला कोटाको १ सीट दिने सहमति गरेको थियो ।

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सुदुरपश्चिम प्रदेशमा प्रदेशसभाका ५३ र स्थानीय तहका एक ७६ मतदाता रहेका छन् । प्रदेश सभा र स्थानीय तहको गरी कुल ६१०० मतभार रहेको छ ।

कुन दलको मतभार कति ?

सुदूरपश्चिम प्रदेशमामा कांग्रेसले ८८ वटा स्थानीय तह मध्ये ४० ठाउँमा प्रमुख तथा अध्यक्ष र ४६ ठाउँमा उपप्रमुख तथा उपाध्यक्ष जितेको छ । ५३ सदस्यीय प्रदेश सभामा कांग्रेसको १९ सिट रहेको छ । आन्तरिक मामिला मन्त्री पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा मृत्यु भएपछि उनको सिट रिक्त छ । अहिले प्रदेश सभामा कांग्रेसका १८ सदस्य छन् । कांग्रेससँग स्थानीय तहतर्फ १६३४ र प्रदेश सभातर्फ ९५४ गरेर कुल २५८८ मतभार रहेको छ ।

दोस्रो ठूलो दल नेकपा एमालेले स्थानीय तह तर्फ २६ प्रमुख तथा अध्यक्ष र २४ उपप्रमुख र उपाध्यक्ष रहेको छ ।   प्रदेश सभामा १० जना सांसद छन् । यो हिसाबले उसको मतभार स्थानीय तहमा ९५० र प्रदेश सभामा ५३० गरेर १४८० रहेको छ ।

यस्तै तेस्रो दल नेकपा माओवादी केन्द्रका १४ स्थानीय तहमा प्रमुख तथा अध्यक्ष र ११ मा उपप्रमुख तथा रहेका छन् । प्रदेशसभामा ११ सांसद रहेका छन् । माओवादीको स्थानीय तहतर्फ ४७५ र प्रदेशसभातर्फ ५८३ गरेर कुल मतभार १०५८ छ ।

४ स्थानीय तहमा प्रमुख तथा अध्यक्ष, ३ स्थानीय तहमा उपप्रमुख तथा उपाध्यक्ष र ७ जना प्रदेश सभा सदस्य जितेको नागरिक उन्मुक्ती पार्टीको मतभार ५०४ रहेको छ ।

२ स्थानीय तहमा प्रमुख तथा अध्यक्ष र ३ स्थानीय तहमा उपप्रमुख तथा उपाध्यक्ष जितेको नेकपा एकीकृत समाजवादीको मतभार ३०७ रहेको छ । स्थानीय तहमा दुई प्रमुख र अध्यक्ष तथा एउटा उपाध्यक्ष स्वतन्त्रले जितेका थिए ।उनीहरुको मतभार ५७ रहेको छ ।

प्रदेशसभामा राप्रपासँग एक जना सांसद रहेकाले उसको मतभार ५३ छ भने एक जना स्वतन्त्र सांसदको मतभार पनि ५३ छ । यो हिसाबले हेर्दा सुदूरपश्चिम प्रदेशमा कुल ६१०० सय मतभार रहेकोमा ७३ प्रतिशत अर्थात ४४५७ अहिले कायम सत्तारुढ गठबन्धनसँग छ ।

सत्तारुढ गठबन्धनसँग ७३ प्रतिशत मतभार हुँदा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग १४८० र राप्रपाको मतभार ५३ मतभार छ ।  स्थानीय तहको ५७ र प्रदेश सभाको ५३ गरेर ११० मतभार स्वतन्त्रको रहेको छ । निर्वाचनको मिति नजिकिँदै गर्दा उम्मेदवारहरु चुनावी प्रचार प्रसारमा जुटेका छन् .।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.