रास्वपाले रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गरेको छ : सभापति लामिछाने

चितवन- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टीले संसद र संसदीय समितिमा रचनात्मक प्रतिपक्षका निर्वाह गरेको बताउनुभएको छ । चितवनमा पत्रकारहरुसँग कुरा गर्दै उहाँले जनतालाई दुःख नदिई नेताले गर्न सक्ने कुरालाई प्रथामिकतामा राखेर आफूहरू लागिरहेको बताउनुभयो ।

अहिले रास्वपाले मिसन २०८० अन्तर्गत बन्द भएका आयोजनामा कामका लागि दबाब गर्दै आएको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “मानिसको बस्ती र जनतालाई असर नगर्ने गरी काम गर्न सक्नु नै वास्तविक विकास हो ।” विकासको विरोध हुनु सही नभए पनि विकास गर्दा सामजस्यता कायम गर्नुपर्ने उहाँको भनाइ थियो ।

फरक प्रसङ्गमा बोल्दै उहाँले अहिले रास्वपालाई सहकारीका बचतकर्ताहरूको बचतको सुरक्षाको विषय चिन्ताको बिषय भएको बताउनुभयो । सहकारीमार्फत लाखौँ ठगिएको विषयमा आफूहरूले सरकारलाई समाधानसहितको प्रतिवेदन बुझाउने तयारीमा रहेको उहाँले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “बचतकर्ताको बचतको सुरक्षा राजनीतिक दल, दलका प्रतिनिधि, जनताको प्रतिनिधिकाका साथै जिम्मेवार व्यक्तिका रूपमा मेरो प्रथामिकताको विषय हो ।”

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.