शितभण्डार निर्माणले किसानलाई दिएको खुसी

पश्चिम नवलपरासी- सुनवल २ का लोकनाथ भण्डारी गत वर्ष आलुको विउ राख्न छिमेकी जिल्ला रुपन्देहिका शित भण्डारमा भौतिारिनुभयो, तर उहाँले ठाँउ नपाएपछि ६ क्वीन्टल आलुको बिउ कुहिएर खेर गयो । भण्डारी भन्नुहुन्छ, ‘रुपन्देहिका विभिन्न ठाँउमा गए तर ठाँउ पाईएन अनि घरमै १२ ओटा बोरामा राखेको आलुको बिउ कुहिएर मलखातमा फाल्नुपर्यो ।
उहाँ मात्रै होईन् जिल्लामा शित भण्डार नहुदा धेरै किसानका उत्पादन खेर जाने गरेको थियो तर सुनवलमै अहिले शित भण्डार निर्माण भएपछि भण्डारी सहितका व्यवसायिक खेति गर्ने किसान उत्साहित भएका छन् । भण्डारीले भन्नुभयो ‘अब कमसेकम केहि उपज बढि भए राखौँ भन्नका लागी कोल्ड स्टोर छ म खुसि छु ।’
भण्डारी मात्रै होईन् यस वर्ष देखि शित भण्डार संञ्चालनमा आएपछि धेरै किसान खुसि भएका छन् । कृषि सहकारीहरुले समेत ठुलो क्षेत्रफलमा खेति गर्न थालेका छन् । सुनवलमै रहेको समावेशि कृषि सहकारी संस्था लिमिटेडले सामुहिक आलु खेति गरेको छ । ‘हामि कृषि सहकारी हो त्यसैले खति गर्नुपर्छ र उत्पादन बढाउनुपर्छ भन्ने थियो, अहिले शितभण्डार बनेपछि हामिले पनि दुई विगाहामा आलु खेति गरेका छौ’ समावेशि कृषि सहकारी संस्थाकि अध्यक्ष धनमाया गौतम क्षेत्रिले भन्नुभयो । सहकारीका सबै सदस्यहरु उत्साहित भएको बताउदै क्षेत्रिले उत्पादित आलु यस वर्ष शितभण्डारमा भण्डारण गरेर बेमौसममा बेच्ने र सहकारीको आम्दानि वृद्धि गर्ने लक्ष्य लिएको बताउनुभयो ।
जिल्लामै पहिलो पटक आधुनिक प्रविधि सहितको शित भण्डार निर्माण भएर संञ्चालनमा आएपछि किसान उत्साहित भएका छन् । जिल्ला सहकारी संघको अगुवाईमा संघिय सरकार, स्थानिय तह र जिल्लाका विभिन्न सहकारीको साझेदारी लगानीमा २१ करोडको लागतमा आधुनिक प्रविधि सहितको ३ हजार मेट्रिकटन क्षमताको शितभण्डार निर्माण भएको हो ।
भर्खरै संञ्चालनमा आएको छुट्टाछुट्टै चेम्बर सहितको तिन तले शित भण्डार अहिले खाली छ । ठुलो क्षमताको शितभण्डार भएकाले उत्पादनमा वृद्धि गर्न अभियानको रुपमा कार्यक्रम संञ्चालन गर्ने योजना सहकारी संघको छ । ‘शित भण्डार सबै ठाँउमा बनाउन पनि सकिदैन्, कुनै ठाँउ विशेषमा बनाएर सबैको साझा प्रयोग गर्ने केन्द्रको रुपमा विकास गर्नुपर्छ जिल्ला सहकारी संघका अध्यक्ष विष्णु पौडेलले भन्नुभयो । ’
शितभण्डार निर्माण भएपनि अझै दुई करोड रुपैयाँ भुक्तानी गर्न बाँकि रहेको छ । एका तर्फ संञ्चालन खर्च र अर्को तर्फ कृषि उपजको अभावले शित भण्डार संञ्चालन चुनौतीपुर्ण बनेको हो । पाल्पा रुपन्देहि लगायतका जिल्लाका उत्पादनलाई पनि समेट्ने गरी अभियान संञ्चालन गर्ने पौडेलले बताउनुभयो ।
‘पहाडी जिल्लाका उत्पादन पनि सुनवल सम्म झार्ने र स्थानिय उद्योगहरु संग पनि सम्र्पक गरी उनिहरुका समान पनि शित भण्डारमा राख्ने गरि योजना बनाउदै छौ, पौडेलले भन्नुभयो ।’ शित भण्डार संञ्चालनका लागी छुट्टै कार्यविधि र समिति बनाएर काम गर्ने सहकारी संघको योजना रहेको छ ।
जिल्ला सहकारी संघका कोषाध्यक्ष हैदर अली मोमिनले स्थानिय तह देखि तिनै तहका सरकार कृषिमैत्रि नबन्दा शितभण्डार संञ्चालनमा चुनौती थपिएको तर्क गर्नुभयो । ‘जिल्लाका सात स्थानिय तह कोहि पनि कृषि र किसान प्रति जिम्मेवार छैनन्, व्यवसायिक कृषिमा जोड दिएर उत्पादन बढाउने तर्फ उनिहरुको ध्याननै छैन् मोमिनले भन्नुभयो ।’
नवलपरासीका सात स्थानिय तहले चालु आर्थिक वर्षमा संघिय र प्रदेश सरकारको शर्सत अनुदान सहित १६ करोड बढि रकम कृषिमा छुट्टाएका छन् । तर योजनावद्ध कार्यक्रम नआउदा बजेट बालुवामा पानी सरह भएको सरोकारवालाहरुको गुनासो छ ।
छिमेकि जिल्लाका उत्पादन समेत भण्डार गर्ने क्षमता रहेको शितभण्डारलाई लक्षित गरेर उत्पादन वृद्धि गर्न सके किसानले मनग्य लाभ लिन सक्नेमा दुईमत छैन् । तर तिनै तहका सरकारको किसानमैत्रि कार्यक्रम नहुदा र व्यवसायिक कृषिको बढवा नहुदा सम्म शित भण्डारको उपयोगिता नहुने निश्चत प्राय छ । जिल्लाको सुस्तामा गत वर्षनै शितभण्डार निर्माण सम्पन्न भएपनि अझै संञ्चालनमा आउन सकेको छैन् ।





प्रतिक्रिया राख्नुहोस्