नामको आवश्यकता अहिले झन बढेको छ : प्रधानमन्त्री

काठमाडौँ – प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले विश्वमा गम्भीर समस्या देखिएको समयमा भएको असंलग्न राष्ट्रहरु (नाम) को शिखर सम्मेलन आफैमा महत्त्वपूर्ण रहेको भन्दै यसको आवश्यक्ता पहिले भन्दा अघिले अझ बढेको बताउनु भयो ।

असंलग्न राष्ट्रहरुको १९ औ शिखर सम्मेलनको क्रममा  युगाण्डाको राजधानी कम्पालामा रहनु भएका प्रधानमन्त्री प्रचण्डले   संचारकर्मीहरुसँग कुरा गर्दै नामको आवश्यता अझ बढेको बताउनु भएको हो ।

“यो सम्मेलन त्यतिबेला भयो, जतिबेला विश्वमा गम्भीर समस्या देखिएका छन् । युक्रेन युद्ध होस् या हमास-इजरायल युद्ध होस् । कोभिडबाट भर्खर मुक्त पाइएको छ । कम विकसित देशहरू समस्यासँग जुधिरहेका छन् । मैले नेपालको तर्फबाट यी सबै समस्याको समाधानको निम्ती नामले जोड दिनुपर्छ भन्ने आवाज उठाएको छ” प्रधानमन्त्रीले भन्नुभयो ।

प्रधानमन्त्री प्रचण्डले विकसित देशहरूले विगतमा धेरै प्रतिबद्धता गरेका तर पालना नगरेको बताउनु भयो । उनिहरुका कामबाट थप समस्या सिर्जित भएकाले  नामले पहलकदमी बढाउनुपर्ने र अलि शक्तिशाली आवाज घन्काउनु बताउनु भयो ।

प्रधानमन्त्री प्रचण्डले नामको आवश्यकता पहिला भन्दा अहिले अझ बढेको उल्लेख गर्नुहुँदै नेपालको भूमिका थप बलियो भएको बताउनु भयो ।

‘नेपाल असंलग्न आन्दोलनको एउटा संस्थापक सदस्य पनि हो । ‘स्थापनाकाल देखि नै नेपालले असंलग्न आन्दोलनमा भूमिका खेल्दै आएको छ” प्रधानमन्त्रीले भन्नुभयो ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.