कोशी प्रदेश: पहिचान पक्षधरहरुसँग वार्ता गर्न समिति गठन

मोरङ- कोशी प्रदेश सरकारले पहिचान पक्षधरहरुसंग वार्ता गर्न भौतिक पुर्वाधार विकास मन्त्री कमल प्रसाद जवेगुको संयोजकत्वमा तीन सदस्यीय वार्ता समिति गठन गरेको छ ।

आज विराटनगर स्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बसेको मन्त्रिपरिषद बैठकले वार्ता समितिको सदस्यमा पर्यटन, वन तथा वातावरण मन्त्री गणेश प्रसाद उप्रेती र आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव लक्ष्मीप्रसाद पौडेललाई सदस्य सचिव तोकेको छ । कोशी प्रदेशको नामाकरण बारे विवाद भएपछि तेश्रो पटक कोशी प्रदेश सरकारले वार्ता समिति गठन गरेको हो ।

यसैगरी मन्त्रिपरिषद बैठकले प्रदेश आयोजना बैंक व्यवस्थापन कार्यविधि पहिलो संसोधन स्वीकृत गरेको छ । त्यस्तै केही प्रदेश ऐनलाई संसोधन गर्ने अध्यादेश २०८० सिफारिश गर्ने तथा १० वर्षमुनिका बालबालिकाहरुको निशुल्क उपचारका लागि कोशी प्रदेश बालबालिका संरक्षण नियमावली स्वीकृत गर्ने निर्णय गरेको कोशी प्रदेश सरकारका प्रवक्ता शमशेर राईले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.