सम्पत्ति शुद्धीकरणमा इच्छाराज तामाङ विशेष अदालतबाट दोषी ठहर
काठमाडौँ – विशेष अदालतले सिभिल सहकारी ठगी प्रकरणका आरोपी व्यवसायी तथा एमालेका पूर्वसांसद इच्छाराज तामाङलाई सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर फैसला सुनाएको छ ।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यद्वय तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले इच्छाराजसहित उनकी श्रीमती सिर्जना, सहकारीका अध्यक्ष केशवलाल र मीनाकुमारीलाई दोषी ठहर गरेको हो। अदालतले सजाय निर्धारणको लागि माघ २१ गते को पेशी तोकिएको छ।
शिभिल सहकारीबाट बचतकर्ताको रकम हिनामिना गरी तामाङले कम्पनीमा सेयर खरिद र घरजग्गामा लगानी गरेको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको दाबी थियो । एक हजार पाँच सयभन्दा धेरै निक्षेपकर्ताले पाँच अर्ब ७७ करोड ठगी गरेको आरोप तामाङ माथि लागाइएको थियो ।
प्रतिक्रिया राख्नुहोस्