न्युजील्यान्डले नेपाललाई दियो ३०३ रनको विशाल लक्ष्य

काठमाडौँ – आइसिसी यू–१९ एकदिवसीय विश्वकपको पहिलो खेलमा न्युजिल्यान्डले नेपालले तीन सय तीन रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ रोजेको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा आठ विकेटको क्षतिमा तीन सय दुई रन बनाएपछि नेपालले तीन सय तीन रनको लक्ष्य पाएको हो ।

न्युजिल्यान्डका ब्याटर स्नेहित रेडी डेभरेडीले शतकीय इनिङ खेले । एक सय २५ बलको सामना गरेका रेडीले ६ छक्का र ११ चौका प्रहार गर्दै एक सय ४७ रन बनाए । खेलमा उनि अविजित रहे ।

खेलमा नेपाली खेलाडी सुवास भण्डारी तीन विकेट, गुल्सन झाले दुई, दीपेश कँडेल, तिलक भण्डारी र आकाश त्रिपाठीले एक–एक विकेट लिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.