टिआरसी विधेयक यसै अधिवेशनबाट टुंग्गोमा पुर्‍याइन्छ: प्रधानमन्त्री

काठमाडौँ- प्रधानमन्त्री दाहालले संक्रमणकालीन न्याय सम्बन्धित् टिआरसी विधेयक सहमतिबाट टुंग्गोमा पुर्याइने बताउनु भएको छ । विधेयका सम्बन्धमा सबै पक्षसँग छलफल भइरहेको र सङ्घीय संसद्को आगामी बैठक सुरु हुने वित्तिकै सहमतिबाट शान्ति प्रत्रि।याको बाँकी काम टुङ्गो लगाइने प्रधानमन्त्रीले बताउनु भएको छ ।

“सत्य निरुपण विधेयकबारे सबैसँग छलफल गरी तयारी गरेका छौँ । संसद्को उपसमितिबाट टुङ्गो लागेर समितिमा गएको छ । सदन खुल्ने वित्तिकै फुल हाउसमा लगेर प्राथमिकताका साथ टुङ्गो लगाइन्छ”, उहाँले भन्नुभयो

प्रधानमन्त्री प्रचण्डले नेपालको कर्मचारी तन्त्रमा पहलकदमी लिने आँटमा कमी हुँदै गएको बताउनु भएको छ ।  क्षमता र अनुभवका हिसाबले नेपालको कर्मचारीतन्त्रमा कमजोर नभए पनि तत्परता, गम्भीरता, पहलकदमी लिने आँटमा केही कमी हुँदै गएको उहाँको भनाई छ ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.