न्युजिल्यान्डसँग नेपाल ६४ रनले पराजित

काठमाडौं-आईसीसी यू-१९ विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत पहिलो खेलमा नेपाल न्यूजिल्याण्डसँग ६४ रनले पराजित भएको छ ।

न्यूजिल्यान्डले दिएको ३०३ रनको भारी लक्ष्य पछ्याएको नेपाल निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २३८ रन मात्र बनायो।

खेलमा नेपालका अर्जुन कुमालले  ९० रनको बनाए । ९० रन जोड्ने क्रममा उनले १०४ बलमा १२ चौका प्रहार गरे।  यस्तै कप्तान देव खनालले ३६ र सुभाष भण्डारीले ३३ रन बनाए ।

यसअघि पहिला ब्याटिङ गरेको न्यूजिल्यान्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३०२ रन बनाएको थियो ।

बलिङमा नेपालका सुवास भण्डारीले ३ विकेट र गुल्सन झाले २ विकेट लिए भने दिपेश कंँडेल, तिलक भण्डारी र आकास त्रिपाठीले १,१ विकेट लिए ।

अब नेपालले अर्को खेल बुधबार पाकिस्तान र शुक्रबार अफगानिस्तानसँग खेल्नेछ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.