शैक्षिक भ्रमणका लागी उत्कृष्ट गन्तव्य मिर्मी

स्याङ्जा- स्याङ्जाको मिर्मी देशभरका विद्यार्थीको शैक्षिक भ्रमणको लागी उत्कृष्ट गन्तब्य बनेको छ । देशकै पहिलो जलयातायात, विश्वविराट शालीग्राम शिला र ठूलो जलविद्युत्त आयोजना एकै ठाउँमा हेर्न पाउने भएकोले यो क्षेत्र विद्यार्थी तथा शिक्षकको रोजाईमा परेको हो ।

कुनै बेला स्याङ्जाको आँधीमुहान पर्वत, स्याङ्जा र गुल्मीको व्यापारिक नाका थियो । आँधीमुहानदेखि सेतीबेणीसम्मको जलयातायात देशकै पहिलो मात्र थिएन खाद्यान्न र यात्रु ओसारपसार गर्न खच्चडको बैकल्पिक यातायातको साधन थियो । अहिले भने गाउँगाउँमा सडक पुगेसँगै मिर्मीको आँधीमुहान सुनसान बनेको छ ।

तर, जाडो समयमा देशका विभिन्न विद्यालयबाट आउने शैक्षिक भ्रमणले कार्तिकदेखि माघसम्म रौनक थप्ने गरेको छ । विद्यार्थीहरुले एकैपटक देशकै पहिलो जलयातायात, विश्वविराट शालीग्राम शिला र ठूलो जलविद्युत्त आयोजना एकै ठाउँमा हेर्न पाउने भएकोले पनी यो क्षेत्र शैक्षिक भ्रमणको महत्वपूर्ण गन्तब्य बनेको हो ।

पहिले हजारौँको संख्यामा आउने पर्यटक अहिले सयौँमा झर्न थालेको होटेल तथा पर्यटन व्यवसायीको गुनासो छ । कालिगण्डकी नदीको एकातिर करिडोर र अर्कोतिर लोकमार्ग संचालनमा आएसँगै जलयात्रा गर्ने यात्रुको संख्यामा गिरावट आएको हो ।

कालीगण्डकी जलाशायमा ०५९ सालदेखी साना ठुला गरेर १६ स्टिमर संचालन ल्याइएको भएपनी अहिले शैक्षिक र संस्थागत भ्रमणमा आउने पर्यटकको लागी पाँचवटा स्टिमरमा संचालनमा ल्याइएको छ ।

सडकको विकासले दुरदराजमा सहज बनाएपनी जलयातायात व्यवसायीलाई भने जोखिममा परेको छ । यसलाई अझ परिमार्जन गरेर पर्यटन गन्तव्यका लागि अझ पहल गर्नुपर्ने आवश्यकता देखिन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.