अवरोधका बीच मधेस कृषि विश्वविद्यालयको शिलान्यास
सप्तरी– जनमत पर्टी र जनता समाजवादी पार्टीको राजनीतिक खिचातानी र विवादकाबीच कडा सुरक्षा घेर बनाएर मधेस कृषि विश्वविद्यालयको भवन शिलान्यास गरिएको छ।
राजबिराज वडा नम्बर – १३ विश्वहरिया स्थित विश्वविद्यालयको विश्वविद्यालयले अधिग्रहण गरेको २७ बिघाको आफ्नै प्लटमा शैक्षिक भवनको मधेस प्रदेशका मुख्यमन्त्री सराेज कुमार यनद तथा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवद्वारा शिलान्यास गरिएको हो ।
मधेश कृषि विश्वविद्यालयको भवन शिलान्यास कार्यक्रम स्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।नेपाल प्रहरी , सशस्त्र र नेपाली सेनाका गरी दुई हजारौंको सङ्ख्यामा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी प्रमुखसिद्धि बज्राचार्य जानकारी दिनुभयो
विकासको काममा सप्तरीवासी चेतना , सहयोग , युवा अभियन्ताहरूको सद्भाव र नागरिक समाजको अपनत्वले पूर्व निर्धारित कार्यक्रम अनुसार नै भवन शिलान्यासको कार्य सम्भव भएको विश्वविधालयका रजिष्टार डाक्टर श्रीभगवान ठाकुरले बताउनु भयो ।
अर्को तिर जनमत पार्टीका प्रदेश सभासद समेत रहनुभएका सतिश सिंहको नेतृत्वमा बिरोधको शैलीमा ब्यानर सहित कार्यक्रम स्थलमा सयौको संख्यामा जनमतका नेता / कर्याकर्ताहरूको उपस्थितिमा बिरोध प्रदर्शन गरेका थिए ।
प्रतिक्रिया राख्नुहोस्