सप्तरीमा भएको झडपमा मन्त्री सहित ६ घाइते
राजविराज- सप्तरीमा प्रहरी र जनमत पार्टीका नेता कार्यकर्ता बीच झडप हुँदा ६ जना घाइते भएका छन्।
जसपाका अध्यक्ष उपेन्द्र यादवले गर्ने राजविराज १३ स्थित विषहरियामा मधेश प्रदेश कृषि विश्वविद्यालयको शिलान्यास कार्यक्रममा भएको झडपमा प्रदेशका मन्त्री सहित ६ जना घाइते भएका हुन ।
घाइते हुनेहरूमा मधेश प्रदेशका शिक्षा तथा संस्कृतिमन्त्री महेश प्रसाद यादबकोे टाउकोमा चोट लागेको छ भने प्रदेश सांसद सतिश कुमार सिंहकोे खुट्टामा चोट लागेको छ ।
त्यस्तै मन्त्रीका स्वकीय सचिव अमरेन्द्र यादबको खुट्टामा चोट लागेको छ मन्त्री कै एकको प्रहरी जवान रामसरण महतो, मन्त्री कै सुरक्षामा खटिएका प्रहरी सहायक हवल्दार प्रभास कुमार मण्डल घाइते भएका छन्।
उनिहरूको राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचार भईरहेको छ ।
प्रतिक्रिया राख्नुहोस्