माधव नारायण मेलाको तयारी पुरा( भिडियो)

काठमाडौँ – पवित्र तिर्थस्थल साँखु शालि नदीमा लाग्ने माधवनारायण मेला तथा श्री स्वस्थानी मेलाको सम्पूर्ण तयारी पूरा भएको छ ।

ऐतिहासिक,सांस्कृतिक तथा धार्मिक महत्वको पवित्र तिर्थस्थल साँखु शालि नदीमा माधव नारायण व्रत यहि माघ ११ गते देखी सुरु हुदैछ ।

हरेक बर्ष पौष शुक्ल पूर्णिमाका दिन देखी माघ शुक्ल पूर्णिमाका दिन सम्म काठमाण्डौको शालि नदीमा माधव नारायणको ब्रत तथा श्री स्वस्थानी व्रत मेला लाग्ने गर्दछ ।

यसपटकको मेलामा २२ देखि २५ लाख भक्तजनहरुले मेलाको अवलोकन गर्ने आयोजक श्री माधव नारायण स्वस्थानी ब्रत तथा शालिनदी सुधार समितिले जनाएको छ ।

एक महिनासम्म सञ्चालन हुने मेलामा यसपटक २ सय १५ जना ब्रतालुहरु एक महिनासम्म एक छाक चोखो खाना खाएर व्रत बस्ने गर्दछन् ।

भक्तजनको सुरक्षालाइ ध्यानमा राख्दै मन्दिर परिसरको शान्तिसुरक्षालाइ सुदृढ पारिएको समितिले जनाएको छ । सुरक्षाका लागि सामूदायिक प्रहरी सेवा केन्द्र तथा विशेष प्रहरी टोली परिचालित गरिनेछन् ।

कस्तो छ तयारी ?

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.