उदयपुर सिमेन्टका तत्कालीन महाप्रबन्धक सुरेन्द्र पौडेल सहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उदयपुर सिमेन्टका तत्कालीन महाप्रबन्धक सुरेन्द्र कुमार पौडेल सहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।

उद्योगका लागि Variable Frequency Drive (VFD) खरिद गर्दा गैरकानूनी लाभ तथा हानी पुर्‍याएको भन्दै आयोगले आज विशेष अदालतमा भ्रष्ट्राचारको मुद्दा दायार गरेको हो ।

आयोगले सिमेन्ट उद्योग लिमिटेडका तत्कालीन महाप्रबन्धकपौडेल, तत्कालीन नायब महाप्रबन्धक नवल किशोर साहा, तत्कालीन का.मु. उपनिर्देशक पवन कुमार लाल कर्ण, तत्कालीन प्रबन्धक भरत प्रसाद नेपाल, अधिकृत नवौँ डेमलाल खनाल, तत्कालीन प्रबन्धक कमलराज पौडेल, तत्कालीन निर्देशकद्वय (प्रा.) ध्रुब बहादुर देवकोटा र महेश प्रसाद काफ्लेले विरुद्ध मुद्दा दायर गरेको छ।

भिएफडी खरिद गर्दा आवश्यकता र औचित्यता नभएको प्राविधिक दृष्टिले रितपूर्वक माग नभएको अवस्थामा खरिद ऐन विपरीत खरिद गरी भुक्तानी गरी गैरकानुनी लाभ लिएको आयोगको विज्ञाप्तिमा उल्लेख छ ।

आयोगले उनिहरु विरुद्ध बाइस लाख अठहत्तर हजार तीन सय पाँच रूपैयाँ साठी पैसा कसुर विगो कायम गरेको छ ।उनिहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा  ८ को उपदफा (१) बमोजिम सजाय गरी बिगोसमेत असुल उपर हुन मागदाबी बमोजिमको कसुर गरेको हुँदा  सुरेन्द्र कुमार पौडेललाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २४ बमोजिम थप सजायसमेत हुन मागदाबी लिइएको छ ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.