एनआरएनको निर्वाचन विबाद छानबिन गर्ने समिति गठन
काठमाडौं- गैरआवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद्को निर्वाचन विवाद सम्बन्धी छानबिन गर्न सरकारले छानविन समिति गठन गरेको छ ।
माघ ९ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले महान्यायाधिवक्ताका कार्यालयका सह–महान्यायाधिवक्ता ध्रुवकुमार चौहानको संयोजकत्वमा समिति गठन भएको जानकारी गराउनु भएको हो।
समिति सदस्यमा परराष्ट्र मन्त्रालयका सहसचिव, प्रहरी वरिष्ठ उपरीक्षक र उपसचिव हुनुहुन्छ । समितिलाई १५ दिनको म्याद दिइएको छ ।
त्यसैगरी सरकारले धितोपत्र बजार सञ्चालन गर्ने सङ्गठित संस्था सम्बन्धी अध्ययन गर्न नेपाल राष्ट्र बैङ्कका पूर्व डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीको संयोजकत्वमा तीन सदस्यीय अध्ययन समिति गठनसमेत गरेको छ ।
प्रतिक्रिया राख्नुहोस्