सामाजिक सञ्जाल सञ्चालन निर्देशिका: अनलाइनबाटै उजुरी (भिडियो)

काठमाडौँ- सामाजिक संजालमा हुने अपराधका बारेमा पिडितहरुले अब अनलाइनबाटै उजुरी दर्ता गर्न सक्ने भएका छन् ।

सामाजिक सञ्जाल सञ्चालन निर्देशिका , २०८० अन्तर्गत सरकारले अनलाइनबाटै सामाजिक सञ्जालमा हुने दुर्व्यवहार विरुद्ध गुनासो दर्ता गर्ने प्रक्रिया अघि बढाएको हो ।

प्रयोगकर्ताको गुनासो सुनुवाई सहज बनाउन मन्त्रालयले निर्देशिकाको आधारमा सामाजिक सञ्जाल व्यवस्थापन इकाई स्थापना गरेर अनलाइन गुनासो लिन सुरु गरिएको मन्त्रालयका सामाजिक संजाल व्यवस्थापन इकाईका प्रमुख रमेश पाण्डेले जानकारी दिनुभयो ।

।इकाईमा मन्त्रालयका कानुन अधिकृत, आइटी इन्जिनियर, दुरसञ्चार प्राधिकरण अधिकृत लगायत ५ जना सदस्यहरु रहेका छन् । इकाईले कुन र कस्ता प्रकृतिका उजुरी हो भनेर हरेपछि मात्रै कारवाहीको प्रक्रिया अघि बढाँउछ ।

त्यस्ता उजुरी साँच्चिकै हुन वा दुख दिने मनसायले गरिएको हो भन्ने बारेमा इकाइले प्रारम्भिक छानविन गर्ने प्रमुख पाण्डेले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.