माथिल्लो मैलुङ खोला जलविद्युत आयोजनाबाट परीक्षण उत्पादन सुरु

रसुवा- रसुवाको उत्तरगया गाँउपालिका-१ मा निर्माण गरिएको १४ दशमलब तीन मेगावाट क्षमताको माथिल्लो मैलुङ खोला जलविद्युत् आयोजनाले बिद्युत उत्पादन सुरु गरेको छ ।

सानिमा ग्रुपअन्तर्गतको माथिल्लो मैलुङ खोला जलविद्युत् लिमिटेडले प्रवर्द्धन गरेको उक्त आयोजनाले बुधबार १२ बजेदेखि परीक्षण उत्पादन सुरु गरेको हो ।

उत्पादित विद्युत राष्ट्रिय प्रशारण लाईनमा जडान गरिएको आयोजनाका प्रमुख किशोर गौतमले बताउनु भयो । आयोजनाबाट उत्पादन भएको विद्युत त्रिशूली–३ बी हब सवस्टेसनमा जोडिने भएपनि हब निर्माणको काम नसकिएकाले हाल त्रीशुली थ्री ए को प्रशारण लाईनमा जडान गरिएको छ ।

आयोजनाका अनुसार निर्माण सुरु गरेको करिब चार वर्षमा आयोजनाको सम्पूर्ण कार्य पूरा भएको छ । आयोजनाको निर्माण लागत करिब २ अर्ब ८० करोड पुगेको आयोजनाले बताएको छ ।

आयोजनामा सिद्धार्थ बैंकको अगुवाईमा नेपाल एसबीआई बैंकले १ अर्ब ८७ करोड ५० लाख रुपैयाँ ऋण लगानी गरेका छ । योजनामा ७५ प्रतिशत ऋण र २५ प्रतिशत स्वपुँजी लगानी छ । परीक्षण प्रशारण सफल भएपछि यहि माघ २६ गतेबाट आयोजनाले ब्यावसायिक उत्पादन सुरु गर्ने बताएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.