म्याग्दीको उच्च पडाही भेगमा वर्षा र हिमपात, किसानलाई राहत

म्याग्दी- हिमाली जिल्ला म्याग्दीमा हिजोदेखिको बर्षासँगै उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ । लामो समयपछिको बर्षसँगै परेको हिमपातले किसान खुशी भएका छन् । लामो समय बर्षा र हिमपात नभएपछि माथिल्लो क्षेत्र र तल्लो क्षेत्रका किसानले लगाएको हिउँदे बालीमा सिचाईंको समस्या भएको थियो ।

गहुँ, जौ, आलु लगायतका हिउँदेबालीमा सिंचाई गर्न पाएका थिएनौँ- कुईनेमंगलेका युवा अंकित पुनले भन्नुभयो- ‘खेतवारीको हिउँदेबाली पानी नपाएर सुक्ने डर थियो, ढिला भएपनि बर्षा भयो, राम्रो भयो, यसले केही भएपनि हिउँदे बाली राम्रो हुन्छ ।’

गुर्जा, लुलाङ, मल्कबाङ, कुइनेमंगले, चिमखोला, ठाडाखानी, कुइनेखानी, नाँगी, शिख लगायतका बस्तीहरुमा हिमपात भएको छ । जिल्लाको मुख्य पर्यटकीय स्थल पुनहिल, घोडेपानी, खोप्रा, खयरलेक, मोहरेडाँडा, टोड्के, गाम्फाधुरी, भेडिओढार लगायतका ठाउँहरुमा समेत हिमपात भएको छ ।

यो बर्षको पहिलो हिमपात भएकाले यसले हिउँदे खेतीबालीमा कृषकहरुलाई राहत भएको रघुगंगा गाउँपालिका–८ कुईनेमंगलेका वडा अध्यक्ष गमान छन्त्यालले बताउनुभयो । हिउँदको सुख्खायाममा हिमपात हुँदा खेतीबालीमा मलजलको लागि उपयुक्त हुने कृषकहरु बताउँछन् ।

बर्षासँगै हिमपात भएपछि म्याग्दीको सबै क्षेत्रमा अत्यधिक चिसो बढेको छ । माघ महिनाको पहिलो साता सकिंदासमेत वर्षा र हिमपात नहुँदा खेतीपातीमा असर गरिरहेको अवस्था बुधबार सामान्य बर्षासँगैको हिमपातले हिमपात किसानले राहत महसुस गरेका छन् ।

मौसममा आएको परिवर्तनसँग चिसो बढेपछि वृद्धवृद्धा र बालबालिकालाई सतर्कता अपाउन स्थानीय जनप्रतिनिधिले समेत अनुरोध गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.