दस महिनामा १८ करोड मुल्य बराबरको तरकारी उत्पादन तथा विक्रि

धादिङ – चालु आर्थिक वर्षको दस महिनामा दक्षिणी धादिङको बेनीघाट रोराङ्ग गाउँपालिका किसानले १८ करोड मुल्य बरावरको तरकारी उत्पादन गरी विक्रि गरेका छन् ।
तरकारी उत्पादनकालागि मुख्य पकेट क्षेत्रको रुपमा मानिएको यस क्षेत्रमा कुल ५७ लाख किलो तरकारी विक्रिबाट सो रकम आम्दानी गर्न सफल भएका हुन् ।
किसानले उत्पादन गरेको तरकारी विक्रिको व्यवस्था कृषक सुधार फलफुल तथा तरकारी सहकारी संस्थामार्फत मिलाइएको छ ।
यसरी संकलन गरी विक्रि गरेको तरकारी मध्य सात करोड भन्दा धेरै रकम बेनीघाट रोराङ्ग गाउँपालीकाको वडा नम्वर ७ का किसानकाे रहेकाे साे वडाका अध्यक्ष कुमार बस्नेतको बताउनुभयाे ।

हिउँदे र वर्खे तरकारीमा बन्दा, काउली, भेण्डी, करेली,सिमी, घिरौला,बोडीलगायतका तरकारी उत्पादन गरी किसानहरुले विक्रि गर्दै आएका छन् ।

सिमान्तकृत चेपाङ्ग समुदायको बसोवास रहेको सो वडाले किसानहरुलाई आधुनिक कृषि कर्मकालागि सहयोग गरेपछी किसानले राम्राे कमाउन सफल भएका छन् भने तरकारी बिक्रीकालागि समेत बजार व्यवस्थापन भएकाले तरकारी उत्पादन गर्नकालागि निरन्तरता दिन हाैसला बढेकाे  बताएका छन् ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.