माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश सभा संसदीय दलको नेताबाट भट्टलाई हटाइयो

काठमाडौँ – नेकपा माओवादी केन्द्रले सुदूरपश्चिम संसदीय दलले संसदीय दलको नेता परिवर्तन गरेको छ ।

संसदीय दलको आज बसेको बैठकले संसदीय दलका नेता खगराज भट्टलाई हटाएर उक्त जिम्मेवारी  मान बहादुर धामीलाई  दिएको हो ।

पार्टीले संसदीय दल नेता परिवर्तन गरेको जानकारी सुदूरपश्चिम प्रदेश सभालाई पनि जानकारी गराएको छ ।

प्रदेश सभालाई पठाएको जानकारी पत्रमा दलको विधान बमोजिम हाल सम्म दलको नेताको भुमिकामा रहनु भएका खगराज भट्टलाई हटाइएको र आजका मितिदेखि उक्त जिम्मेवारीमा प्रदेश सभा सदस्य मान बहादर धामीलाई चयन गरिएको उल्लेख छ ।

नेता भट्ट २०७९ पुस  १७ मा नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशको संसदीय दलको नेतामा सर्वसम्मत चयन भएका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.