कांग्रेस अब सुध्रिएर अघि बढ्नुपर्छ- नेता सिंह

मकवानपुर-नेपाली कांग्रेस वागमती प्रदेश समितिको स्थापना दिवस समारोहलाई हेटौँडामा आज सम्बोधन गर्नुहुँदै नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले आफ्ना कमीकमजोरी सच्च्याएर कांग्रेस सुध्रनुपर्ने बताउनुभयो ।

पछिल्लो समय पदमा पुगेपछि पार्टीभित्र वा जनप्रतिनिधि भएपछि आफ्नो जिम्मेवारी वहन गर्न उन्मुख नभएको भन्दै अब सुशासन र आर्थिक क्रियाकलापमा सक्रिय हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

लामो इतिहास बोकेको पार्टी नेपाली कांग्रेस संविधान निर्माण र कार्यान्वयनको पक्षमा निरन्तर लागिरहेको उहाँले दोहोयाउनुभयो ।

प्रदेश सभापति इन्द्रबहादुर बानियाँको अध्यक्षतामा भएको उक्त समारोहमा नेपाली कांग्रेस केन्द्रीय सदस्य राजन केसी, केन्द्रीय सदस्य एवं प्रदेश आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिंह लामा, नेकपा माओवादी केन्द्र वागमती प्रदेश अध्यक्ष सरल सहयात्री पौडेल, नव निर्वाचित राष्ट्रिय सभा सदस्यहरु जीतजंग बस्नेत, विष्णुदेवी पुडासैनी, श्रीकृष्ण प्रसाद अधिकारी र धनश्याम रिजाल विश्वकर्मा, मकवानपुर जिल्ला सभापति बुद्ध लामा, प्रदेश उपसभापति चन्द्र महर्जनले नेपाली कांग्रेसले देश र जनताका पक्षमा काम गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.