लेखकलाई मानहानी गरेको मुद्दामा अमेरिकाका पूर्व राष्ट्रपति ट्रम्प दोषी ठहर

काठमाडाै‌ – अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपति भएका बखत लेखक ई जीन क्यारोललाई बदनाम गरेको ठहर गर्दै अदालतले ८ करोड ३० लाख अमेरिकी डलरभन्दा बढी क्षतिपूर्ति तिर्न आदेश दिएको छ ।

मानहानी सम्बन्धी मुद्दाका निर्णायकले लेखक क्यारोललाई भावनात्मक रुपमा क्षति पुर्‍याए बापत १ करोड ८० लाख ३० हजार डलर र उनको प्रतिष्ठामा आँच आउने काम गरेको भन्दै ६ करोड ५० लाख क्षतिपूर्तिको फैसला सुनाइएको हो ।

अदालतको फैसलालाई लेखक क्यारोलले महिलालाई होच्याउन खोज्ने ट्रम्मको बदमासीका लागि ठूलो हार भएको प्रतिक्रिया दिएकी छन् । तर पूर्व राष्ट्रपति ट्रम्पले भने फैसलालाई हास्यास्पद भनेका छन् ।

ट्रम्प बहसका लागि अदालतमा उपस्थित भए पनि फैसला सुनाउन् बेलामा अदालतबाट बाहिरी सकेका थिए ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.