नेकपा एकीकृत समाजवादीको दोस्रो राष्ट्रिय परिषद् बैठक सुरु

काठमाडौँ –नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को दोस्रो राष्ट्रिय परिषद्को बैठक आजदेखि काठमाण्डौमा सुरु हुँदैछ । आजदेखि दुई दिनसम्म कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा चल्ने परिषद् बैठकको सम्पूर्ण तयारी पूरा भएको जनाइएको छ । बैठकमा देशभरबाट करिब एक हजार प्रतिनिधि सहभागी हुने छन् ।

पार्टी अध्यक्ष माधवकुमार नेपालले उद्घाटन गर्नुहुने बैठकले विधान संशोधन गरेपछि त्यसलाई अनुमोदन गरिने छ । नयाँ विधानका आधारमा आगामी जेठमा पार्टीले काठमाडौँमा राष्ट्रिय महाधिवेशन गर्ने तयारी गरेको छ ।

पार्टीको नेतृत्वमा ७० वर्ष उमेरको हदबन्दी हटाउन, युवा सहभागिता वृद्धि गर्न र केन्द्रीय कमिटीको आकार सानो बनाउने विषयलाई परिषद् बैठकमा प्राथमिकता दिइने भएको छ । पार्टी मातहतका कमिटी तथा जिल्ला तहका कार्यकर्ताबाट विधान संशोधन मस्यौदामा ती विषयलाई परिमार्जन गर्न माग गरिएकाले प्राथमिकतामा राखिएको केन्द्रीय प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.