‘समुदायमा काँग्रेस’अभियानका लागि काँग्रेसले केन्द्रीय नेता खटायो,को कहाँ ?

काठमाडौँ नेपाली काँग्रेसले ‘समुदायमा कांग्रेस’ अभियानका लागि केन्द्रीय नेताहरुलाई प्रदेशगत रुपमा  खटाएको छ ।

समुदायमा कांग्रेस अभियानका लागि फरक टोली फरक जिल्ला जाने गरी केन्द्रीय तहका नेतालाई जिम्मेवारी तोकिएको पार्टी मुख्य सचिव कृष्ण पौडेलले जानकारी दिनु भयो ।

नेताहरुलाई फरक–फरक जिल्लामा फरक–फरक समुदायको बीचमा पुग्न र संवाद गर्न प्रदेशगत रुपमा जिम्मेवारी दिइएको छ ।

अभियानको कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै फरक-फरक जिल्लामा फरक-फरक समुदायको बीचमा टोली खटाइएको टोलीमा केन्द्रीय नेतृत्व सँगसँगै प्रदेशले तोकेका पदाधिकारीहरु पनि सहभागी हुने बताइएको छ।

कोशी प्रदेश

१) डा शेखर कोइराला – झापा र सुनसरी l

२) डा नारायण खड्का – संखुवासभा, भोजपुर, तेह्रथुम र धनकुटा l

३) बलबहादुर के. सी. – मोरङ, ताप्लेजुङ, पाँचथर, इलाम, ओखलढुंगा र उदयपुर l

मधेस प्रदेश र वागमती प्रदेशका ४ जिल्ला

१) प्रकाशमान सिंह- मधेस प्रदेशको महोत्तरी, सिराहा, सप्तरी र धनुषा l वागमतीको

सिन्धुली र मकवानपुर l

२) महालक्ष्मी उपाध्याय ‘डिना’  – बारा, पर्सा, रौतहट र सर्लाही l वागमतीको धादिङ र

चितवन l

वागमती प्रदेश

१) डा मिनेन्द्र रिजाल- काठमाडौ, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट र रसुवा l

२) पुष्पा भुसाल – ललितपुर, भक्तपुर, रामेछाप र दोलखा l

गण्डकी प्रदेश

१) महेन्द्र यादव – तनहुँ, लमजुङ, गोर्खा, पर्वत र नवलपुर l

२) प्रदीप पौडेल – कास्की, स्याङ्जा, म्याग्दी र बागलुङ l

लुम्बिनी प्रदेश

१) विमलेन्द्र निधि – रुपन्देही, अर्घाखाँची, दाङ, पाल्पा, बाँके र रोल्पा l

२) डा डिला संग्रौला – कपिलवस्तु, पाल्पा, गुल्मी, रुकुम (पूर्व), बर्दिया, प्युठान र नवलपरासी l

कर्णाली प्रदेश

१) डा शशांक कोइराला – दैलेख, सल्यान र सुर्खेत l

सुदुरपश्चिम् प्रदेश

१) भिष्मराज आङ्देम्बे – कैलाली, डोटी, अछाम, बझाङ, डडेल्धुरा, दार्चुला, बैतडी र

कंचनपुर l

 

 

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.