कर्णाली र सूदुरपश्चिम प्रदेशका हिमाली जिल्लामा पाँच दिनदेखि हवाइ सेवा ठप्प
हुम्ला– कर्णाली र सूदुरपश्चिम प्रदेशका हिमाली जिल्लामा पाँच दिनदेखि हवाइ सेवा ठप्प भएको छ ।
नेपालगंजमा लागेको बाक्लो हुस्सु र कुहिरोका कारण केही दिन यता नेपालगंज विमानस्थलबाट कर्णाली प्रदेशका हिमाली जिल्लाहरु हुम्ला,मुगु, जुम्ला,डोल्पा र सुदूरपश्चिम प्रदेशका बाजुरा लगायतका जिल्लामा उडान हुन सकेको छैन ।
शीतलहर र बाक्लो हुस्सुका कारण पनि भिजिविलिटी नहुँदा हवाई उडान प्रभावित भएको हो ।
विमानस्थल प्रमुख सुरेश खनालले बाक्लो हुस्सुका कारण नियमित उडानमा कठिनाइ भइरहेको बताउनुभयो । प्रतिकूल मौसमका कारण माउन्टेन फ्लाइट समेत भएका छैनन् ।
विगत पाँच दिन देखि हुम्ला जिल्लाको हवाइ उडान हुन नसकेको स्थानीय लोक भण्डारीले जानकारी दिनुभयो।
उडान प्रभावित भएसँगै काम विशेषले नेपालगन्ज सुर्खेत झर्न यात्रुलाई समस्यामा परेका छन् । यस्तै गरि यता सुदुरपश्चिम प्रदेशको बाजुरा जिल्लाको कोल्टी पनि केही दिनयताबाट उडान ठप्प भएको स्वामिकार्तिक खापर गाउँपालिकाका स्थानीय अनिल शाहीले जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्