नवलपुरमा ४० जना कुष्ठरोगका विरामी फेला

नवलपुर- नवलपुरमा हालसम्म ४० जना कुष्ठरोगका विरामी फेला परेका छन् । जसमध्ये पुरुष ३१ र महिला ९ जना छन् । चालु आर्थिक वर्षमा १६ जना नयाँ बिरामी फेला परेका हुन् जसमध्ये ८ जनालाई भने निको भएको छ ।
सबैभन्दा धेरै गैँडाकोटमा महिला ५ र पुरुष ११ गरि १६ जना भेटिएकाे स्वास्थ्य कार्यालय नवलपुरका ल्याब टेक्निसियन निरीक्षक डिल्लीराम तिवारीले जानकारी दिनुभयो ।
त्यसैगरी कावासाेती नगरपालिकामा १ महिला ७ पुरुष ,देवचुलि नगरपालिकामा २ महिला ५ पुरुष , मध्यविन्दु नगरपालिकामा १ महिला ४ पुरुष ,विनयित्रिवेणि गाँउपालिकामा ३ पुरुष गरि नवलपुरमा ४० जना बिरामी फेला परेका हुन ।
कुष्ठरोग प्रभावितहरूप्रति जागरुकता देखाउने उद्देश्य अनुसार सन् १९५४ देखि जनवरी ३० तारिखमा विश्वभरबाट यो रोगविरुद्ध दिवस मनाउन थालिएको हो ।
नेपाल कुष्ठरोग मुक्त मुलुक घोषणा भइसके पनि बेला–बेलामा कुष्ठरोग संक्रमित व्यक्तिहरु देखा पर्दै आइरहेको पाइन्छ ।
विशेषगरी तराईका १६ वटा जिल्लाहरुमा अझै पनि कुष्ठरोगीहरु भेटिन्छन् ।






प्रतिक्रिया राख्नुहोस्