अनियमितता र भ्रष्टाचार बढेको भन्दै एमाले गुल्मीद्वारा बाह्रवटै पालिकामा ज्ञापन-पत्र

गुल्मी- नेकपा एमाले गुल्मीले स्थानीय तहमा भएका अनियमितता बढेको भन्दै एकैपटक जिल्लाका बाह्रवटै स्थानीय तहमा ज्ञापनपत्र बुझाएको छ । सोमबार जिल्लामा रहेका दुई नगर र १० पालिकासहित १२ स्थानीय तहमा भएका अनियमितता, भ्रष्टचार, पक्षपात जनसरोकारका विषयलाई समेटेर ज्ञापन पत्र बुझाएको हो ।

पार्टीका पालिकास्तरमा रहेका नेतृत्वमा स्थानीय स्तरमा रहेका समस्या समाधान गर्न ध्यानाकर्षण गराइएको एमाले इस्मा गाउँपालिका अध्यक्ष राजेन्द्र बिक्रम कुँवरले बताउनुभयो ।

स्थानीय तहमा असल अभ्यासलाई निरन्तरता दिन र जनताको समस्यालाई समाधान गर्न ज्ञापन पत्र बुझाएको नेकपा एमाले गुल्मीका सचिव गणेश श्रीपालीले बताउनुभयो ।

यस्तै गुल्मी जिल्लाका स्थानीय तह तथा सरकारी कार्यालयमा कामकारवाहीका सम्बन्धमा एमाले पार्टीको गम्भीर ध्यानाकर्षण भएको र विकास निर्माणका काममा गरिएको ढिलासुस्ती, कमजोर गुणस्तर सच्चाउनका लागि आग्रह गरिएको श्रीपालीले बताउनुभयो ।

सरकारी निकायमा बढ्दो इन्धन, गाडी, चन्दा सहयोग तथा भ्रमण गोष्ठीका फजुल खर्च नियन्त्रण गर्न तथा सरकारी निकायमा बढ्दो खरिदमा हुने खेललाई सच्चाउन एमाले गुल्मीले आग्रह गरेको यो अभियानको नेतृत्व गरिरहेका प्रेस चौतारी नेपालका पूर्व अध्यक्ष राजेन्द्र अर्यालले बताउनुभयो ।

यस्तै एमाले गुल्मीले २०८० लाई प्रशिक्षण वर्षका रुपमा घोषणा गरेको छ । पार्टीको वार्षिक कार्ययोजना अनुसार जिल्ला, सबै पालिका र सम्पर्क मन्चमा गरिएका प्रशिक्षण प्रभावकारी रहेको ठहर गर्दै माघ र फागुनमा वडास्तरका प्रशिक्षण सम्पन्न गर्ने र यस वर्षलाई प्रशिक्षण वर्षका रुपमा घोषण गरिएको अर्यालको भनाइ छ ।

गुल्मीमा एमालेले तीन वटा, माओवादीले चार र काँग्रेसले पाँच स्थानीय तहमा नेतृत्व गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.