परराष्ट्रमन्त्री साउद र बेलायतका सेनाप्रमुखबीच शीष्टाचार भेटवार्ता
भूतपूर्व गोर्खा सैनिकका माग समाधानबारे कुराकानी
काठमाडाै- नेपाल भ्रमणमा रहेका बेलायती सेनाप्रमुख नजरल सरपेट्रिक सन्डर्सले आज परराष्ट्रमन्त्री नारायणप्रकाश साउदसँग शीष्टाचार भेटवार्ता गर्नुभएकाे छ ।
सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा आज भएको भेटवार्तामा नेपाल र बेलायत बिच दुई शताब्दीभन्दा लामो रहेकाे सम्बन्धबारे चर्चा गर्दै गोर्खाले बेलायती सेनामा पुर्याएको उच्च योगदानको चर्चा भएकाे छ । भेटवार्तामा परराष्ट्रमन्त्री साउदले विसं १९९७ भन्दा अगाडी अवकास भएका भूतपूर्व गोर्खाहरूले उठाउदै आएको समानपेन्सनलगायत विषयलाई सम्बोधन गर्नुपर्नेमा जोड दिनुभयो।
भूतपूर्व गोर्खाका मागलाई सम्बोधन गर्दैमा बेलायतलाई खासै आर्थिक भार नपर्ने तर यसबाट गौर्खाहरूलाई न्याय मिल्ने हुनाले यसको शीघ्र सम्बोधनकावारेमा सेना प्रमुख सन्डर्ससँग छलफल भएकाे मन्त्रीका प्रेस संयोजक केशब साउदले जानकारी दिनुभयाे ।
सेनाप्रमुख सन्डर्सले बेलायतले पनि गोर्खाका विषयमा समाधान चाहेकाले गोर्खाका मागलाई बेलायतले गम्भीरताका साथ लिएको बताउनुभयो।
नेपालले राष्ट्रसंघीय शान्ति मिसनमा पुर्याएको योगदानको बेलायती सेनाप्रमुखले उच्च प्रशंसासमेत गर्नुभयो।।
प्रतिक्रिया राख्नुहोस्