गठबन्धन बैठकः कोशीमा फ्लोर क्रस गम्भीर र चिन्ताजनक
काठमाडौं- सत्ता गठबन्धन दलले राष्ट्रियसभा सदस्य निर्वाचनका क्रममा कोशी प्रदेशमा भएको फ्लोर क्रस गम्भीर र चिन्ताजनक बिषय भएको जनाएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको सत्ता गठबन्धन दल बैठकले राष्ट्रियसभा निर्वाचनको परिणामका बिषयमा प्रारम्भीक छलफल गर्दै कोशी प्रदेशमा भएको भोट क्रस गम्भीर चिन्ताको बिषय भएको निष्कर्ष निकालेको हो ।
बैठकपछि कांग्रेस मुख्य सचेतक रमेश लेखकले कोशी प्रदेशमा सत्तापक्षीय दलको एक सिट गुमाएको बिषय र अन्य प्रदेशको नजिताका बिषयमा छलफल भएको जानकारी दिनुभयो ।
कोशी प्रदेशको नतिजाका आधारमा गठबन्धनभित्र कुनै प्रतिकुल प्रभाव नपार्ने उहाले बताउनुभयो । कोशीको बिषय प्रधानमन्त्री वा कांग्रेस सभापतिको मात्रै नभएर गठबन्धनका सबैको सरोकारको बिषय भएको भन्दै उहाँले यसमा कसैलाई दोष दिन नहुने उल्लेख गर्नुभयो ।
राष्ट्रियसभाका अध्यक्ष चयनका बिषय, राजनीतिक एजेण्डा लगाएतका बिषयमा पछि छलफल हुने लेखकले बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्