नेपाल टेलिभिजन: दर्शकको चाहना र मुलुकको आवश्यकता

काठमाडौँ– नेपाल टेलिभिजन आजदेखि ३९ वर्ष पूरा भै ४०औं वर्षमा प्रवेश गरेको छ । ३९ औ बार्षिकोत्सवमा आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल टेलिभिजनलाइ सार्वजनिक प्रसारण बनाउन सरकारले कानूनी प्रकृया अगाडि बढाएको बताउनु भयो ।

राज्यको आधिकारिक र जिम्मेवार प्रसारण संस्था नेपाल टेलिभिजनले दर्शकको चाहना र मुलुकको आवश्यकता अनुसार अघि बढ्न प्रधानमन्त्री पुष्पकमल दाहालले आग्रह गर्नु भएको छ ।

नेपाल टेलिभिजनका कार्यक‍्रम हेर्नको लागि टेलिभिजनको सेटमा कुरेर बस्ने दिनको अन्त्य भएकालेन्यु मिडियाको प्रयोग गरेर इन्टरनेटको पहुँच भएका नागरिकको हातहातमा समाचार तथा सुचना पुर्‍याउन आग्रह गर्नु भयो ।

नेपाल टेलिभिजनले गर्ने सवै प्रकारका रचनात्मक कार्यक्रममा सरकारको सदैव सहयोग हुने धारणा राख्नु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.