आमाबुवाविहीन बालबालिकालाई सामाजिक सुरक्षा भत्ता वितरण

काभ्रे- काभ्रेको बनेपा नगरपालिकाले नगरपालिकाभित्र रहेका विभिन्न कारणले आमाबुवा गुमाएका १८ वर्षभन्दा मुनिका बालबालिकालाई ‘आमाबुवाविहीन बालबालिकाको संरक्षण कार्यक्रम’ अन्तर्गत सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ ।
बागमती प्रदेशबाट प्राप्त रु दुई हजारमा नगरपालिकाको तर्फबाट रु एक हजार थप गरी आमाबुवाविहीन २० बालबालिकालाई बनेपा नगरका नगरप्रमुख शान्तिरत्न शाक्य र उपप्रमुख बिमला सापकोटाले संयुक्त रुपमा भत्ता वितरण गरिएको हो ।
बनेपा नगरका नगरप्रमुख शान्तिरत्न शाक्यले बागमती प्रदेशबाट प्राप्त रु दुई हजारमा नगरपालिकाको तर्फबाट रु एक हजार थप गरी मासिक रु तीन हजारका दरले सामाजिक सुरक्षा भत्ता वितरण गरिएको जानकारी दिनुभयो ।
सो क्रममा उहाँले बालबालिकालाई प्राप्त रकम शिक्षा र स्वास्थ्यमा लगानी गर्दै अध्ययनमा ध्यान दिन आग्रह गर्नु हुदै भविष्यमा आफू सफल हुनका लागि पढ्नुपर्छ र राम्रो बानी व्यहोरा बनाउनु पर्नेमा जोड दिनुभयो ।
नगरपालिकाका १८ वर्ष भन्दा मुनिका २० जनालाई ६ महिनाको जनही रु १८ हजारका दरले रकम वितरण गरिएको महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाका प्रमुख विजया सुवेदीले जानकारी दिनुभयो ।






प्रतिक्रिया राख्नुहोस्