तम्घासमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीको शाखा स्थापना

गुल्मी- गुल्मी जिल्लाको सदरमुकाम तम्घासमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीको शाखा कार्यालय गुल्मी तम्घासमा खुलेको छ । शाखा कार्यालयको बुधवार रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले शुभारम्भ गुर्नभएको हो ।
कार्यालयको शुभारम्भ गर्दै नगरप्रमुख पन्थीले नागरिकले सहज र सुपथ मूल्यमा खाद्य साम्रगी पाउने सुनिश्चित भएको बताउनुभयो । यसबाट उपभोत्ताले भरपुर फाइदा लिनका लागि अनुरोध गर्नुभयो ।
कार्यालय मार्फत जिल्लाका चार स्थानमा खाद्य बिक्री पनि सञ्चालनमा आएका छन् । जिल्लाको रेसुङगा नगरपालिका वडा नम्वर ९ को चारीखोलामा रहेको हाटबजारमा बिक्री केन्द्र सञ्चलनमा आएको छ ।
यस्तै जिल्लाको मदाने गाउँपालिका २ को बाँझकटेरी, मालिका गाउँपालिका ४ को अर्खाबाङ र रुरुक्षेत्र गाउँपालिका ४ को बलेटक्सारमा खाद्य बिक्री केन्द्र स्थापना भएर सञ्चालनमा आएको खाद्य व्यावस्था तथा व्यापार कम्पनी लिमिटेड गुल्मी शाखा प्रमुख पुष्पा पाण्डेले बताउनुभयो ।
खाद्य सुरक्षाको सुनिश्चतामा योगदान दिने, खाद्यान्यको अभावमा जीवन जोखिम न्यूनीकरण गर्ने र महामारी तथा प्रकोपमा खाद्यान्य अभाव हुने नदिने उदेश्यले कार्यालय स्थापना गरिएको हो ।
प्रत्येक बिक्री केन्द्रमा एक स्थायी र एक जना दैनिक ज्यालादारी कर्मचारी परिचालन भएको उहाँले बताउनुभयो । अहिले खाद्य डिपोबाट चामल मात्रै बिक्री भइरहेको छ ।
बिक्री केन्द्रबाट निकट भविश्यमा चामलसहित दाल, नुन, तेल, चिनीलगायतका सवै खाद्य सामग्री सुपथ मुल्यमा बिक्री गरिने पाण्डेयले बताउनुभयो । सरकारले खाद्यान्य निःशुल्क ढुवानी गर्ने भएकाले नागरिकले ५ देखि ७ प्रतिशतसम्म सहुलियतमा खाद्यान्य प्राप्त गर्ने छन् ।






प्रतिक्रिया राख्नुहोस्