मुगुसहित कर्णाली प्रदेशका उच्च हिमाली जिल्लामा हिमपात

रारा ताल एक फिट हिउँले ढाकियाे

मुगु- मुगुसहित कर्णाली प्रदेशका उच्च हिमाली जिल्लाहरूमा आज हिमपात भएको छ । मुगु, हुम्ला, जुम्ला र डोल्पा लगायत उच्च पहाडी तथा हिमाली जिल्लामा हिमपात भएको हो ।

लामो प्रतीक्षापछि हिमपात भएकाले अब बालीनाली सप्रिने भन्दै किसान खुसी भएका छन् । हिउँदे महिना माघ ढल्किसक्दा पनि हिउँ नपर्दा किसान यो वर्षको हिउँदे बाली खेतमै सुकेर जान्छ कि भन्ने चिन्ता थियो । तर हिमपातले किसानलाई आशा जगाएको छ । विगतमा मंसिर, पुसबाटै हिमपात हुने गरेको भए पनि यो वर्ष ढिला गरेर हिमपात भएको हो ।

यो वर्ष माघको १५ कटेपछि बल्ल वर्षकै पहिलो हिमपात भएको छायाँनाथ रारा नगरपालिका ५ का किसान धनवीर कामीले बताउनुभयाे । पहिले यतिबेलासम्म धेरै हिउँ परिसकेको हुन्थ्यो । मंसिरदेखि नै हिउँ पर्थ्यो, यसपटक माघ लागेपछि बल्ल हिउँ पर्दैछ उनले भने, ‘तैपनि हिउँ परेपछि खेती किसानी गर्ने मान्छेलाई राहत मिलेको छ । हिमपात भएपछि गहुँ उमार्नलाई सजिलो हुने कामीकाे भनाइ छ ।

रारामा एक फिट हिउँ ।

नेपालकै ठुलो र गहिरो ताल रारामा करिव १ फिट हिउँ परेको छ । रारा राष्ट्रिय निकुञ्ज कार्यालय मुगुका निमित्त बरिष्ट संरक्षण अधिकृत राजु घिमिरेका अनुसार विशेष गरि रारा लगायत मुगुका उच्च स्थानमा भारी हिमपात भएको बताउनुभयाे । मुगुको मुर्माटप, चुचेमारा, घुच्चि, ताल्च, चंखेली, लखु, मुन्दु, लिउडी, बाम घट्टललेक ,तलिलेक,सोरूकोट, चाक्पाँडे र करानका उच्च हिमाली भेगमा हिमपात भैरहेको छ ।

माघ महिनाको तेस्रो हप्तामा भएपनि हिमपात शुरू भए पछि खेतीपाति गर्ने कृषक लगायत स्थानिय बासीन्दा हरूलाई राहत मिलेको स्थानीयको भनाई छ । लामो समय वर्षा र हिमपात नहुँदा वातावरण बिग्रिएर रोगब्याधि फैलिनुका साथै खोलानाला र पानीका मुहान समेत सुकेका थिए ।

जताततै सुख्खा मौसमले मानिसहरूमा भाईरल रूघाखोकी का बिरामीहरूको संख्या बढ्दै गएको थियो । यस हिमपातले मुगु लगायत साबिक कर्णालीका हुम्ला, जुम्ला, डोल्पा, कालिकोटका र कर्णाली र शुदुर पश्चिमका हिमाली जिल्लाका जनताहरूलाई ठुलो राहत मिलेको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.