दलित समुदायका २८ घरपरिवारलाई खानेपानी ट्याङ्की बितरण

सिन्धुली- खानेपानीको समस्या भएको सिन्धुलीको कमलामाइ नगरपालिका-४ का दलित परिवारलाइ वडा नम्बर ४ वडा कार्यालयले खानेपानी सङ्कलनका लागि ट्याङकी बितरण गरेको छ ।

खानेपानीका लागि लामो समयदेखि समस्या झेल्दै आएका सिन्धुलीको कमलमाई नगरपालिका–४ का २८ दलित घर परिवारको लागि वडा कार्यालले खानेपानी सङ्कलनका लागि बिहीबार हिलटप ट्याङ्की बितरण गरेको वडा अध्यक्ष महेन्द्र प्रसाद ढकालले जानकारी दिनुभयो ।

वडा अध्यक्ष ढकालका अनुसार कमलामाइ नगरपालिका वडा नम्बर ४ को चालु आर्थिक वर्ष ०८०/०८१ को स्वीकृत वार्षिक कार्यक्रमअनुसार दलित बस्तीमा निशुल्क ट्याङकी बितरण गरिएको हो । सो वडाको ढकालगाउँ शिखरका १५ घर परिवार र ढाँडेका १३ घर दलित परिवारलाई ट्याङकी दिइएको छ ।

वडामा दलित बस्ती रहेको ढकालगाउँ शिखर र ढाँडेका प्रत्येक दलित घर परिवारलाई खानेपानीको समस्या समाधानका लागि वडा कार्यालयले एक हजार लिटर क्षमताको हिलटप ट्याङ्की निःशुल्क वितरण गरेको वडा सदस्य युबराज श्रेष्ठ (आकश) ले जानकारी दिनुभयो ।

वडामा बिपन्न दलित बस्तिमा खानेपानी, बाटो, बत्ती पुर्‍याई बिकास निर्माणको गतिलाइ अगाडि बढाउन वडाको ढकालगाउँ शिखर र ढाँडेको खानेपानी समस्या समाधानका लागि चार लाख रुपैयाँ बराबरको ट्याङकी बितरण गरिएको वडासदस्य श्रेष्ठले बताउनुभयो ।

यसै आर्थिक बर्समा बागमती प्रदेश सरकारको १५ लाख रुपियाँ सहयोगमा खानेपानी योजना सञ्चालनको तयारी अवस्थामा रहेको वडा अध्यक्ष ढकालले ढकालले जानकारी दिनुभयो ।

वडा कार्यालयले ‘एक भान्सा, एक करेसाबारी र एक भान्सा, एक आमा’ अभियान सञ्चालन गरेको र त्यसका लागि पानी ट्याङ्कीले समेत सहयोग पुग्ने उहाँको भनाइ छ । एक घर परिवारले धाराको टुटीसहित १३ हजार पाँच सय मूल्य बराबरको ट्याङ्की पाएका छन् ।

ट्याङ्की पाएसँगै उपभोक्ताहरु खुशी भएका छ्न । खानेपानीका लागि धेरै समस्या झेलिरहेका गाउँका उपभोक्तालाई हिलटप ट्याङ्कीले धेरै राहत मिलेको भन्दै खुसी भएका हुन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.