वैवाहिक खर्चलाइ कटाैती गर्दै अक्षयकोष स्थापना

नवलपुर- पूर्वी नवलपरासीको कावासोतीमा वैवाहिक खर्चलाई कटौती गर्दै स्वर्गीय बुबाको सम्झनामा पत्रकारिता अक्षयकोष स्थापना गरिएको छ ।

कावासोती नगरपालिका वडा नं २ बस्ने छोरा झपेन्द्रश्वर प्रसाद भुसाल र बुहारी खिना भुसालले सामाजिक कामका लागि आफूलाई प्रेरित गर्ने गरेको सम्झनामा आफ्ना छोराको वैवाहिक खर्चलाई कटौती गर्दै कावासोतीमा एक कार्यक्रमको आयोजनाका साथ प्रजातन्त्रका सेनानी स्वर्गीय नेत्रप्रसाद भुसाल स्मृति पत्रकारिता पुरस्कार घोषणा गरी नेपाल पेस युनियन नवलपुर शाखालाई चेक हस्तान्तरण गर्नु भएको छ ।

नेपाली काँग्रेसका नेता डा. शशाङ्क कोइरालाले साे चेक हस्तान्तरण गर्नुभएकाे हाे । काेइरालाले सामाजिक रूपान्तरणमा आफूलाई स्थापित गराउन समाजमा एउटा मात्र राम्रो कार्य गरे पुग्ने विश्वास दिलाउँदै भुसाल परिवारले गरेको कार्य उदाहरणीय भएकाले आफूले बारम्बार भन्दै आएको सपना आफ्नै कार्यकालमा छिटो पुरा गर्ने प्रतिबद्धता दिनु भयो ।

भुसालले स्थापना गरेको अक्षयकोष सञ्चालन निर्देशिका अनुसार अक्षयकोष राष्ट्रिय वाणिज्य बैङ्कमा मुद्धति खातामा राखी वार्षिक आउने ब्याजको रकमबाट उत्कृष्ट हुने पत्रकारलाई प्रोत्साहन रकम उपलब्ध गरिने र २५ प्रतिशत रकमबाट अक्षयकोषमा जम्मा गर्दै लैजाने नेपाल प्रेस युनियन नवलपुरका अध्यक्ष खगराज सापकोटाले बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.