संविधान कार्यान्वयनसँग सम्बन्धित विधेयक यसै अधिवेशनमा: काँग्रेस
कोशीमा गठबन्धका उम्मेदवार पराजित हुनु अनअपेक्षित
काठमाडौँ- नेपाली काँग्रेसले संविधान कार्यान्वयनसँग सम्बन्धित विधेयकहरु तत्काल सदनमा ल्याउन गर्न सरकारलाई आग्रह गरेको छ ।
संसद भवन नयाँबानेश्वरमा आज बसेको काँग्रेस संसदीय दलको बैठकले संविधान कार्यान्वयनसँग सम्बन्धित सम्पूर्ण विधेयकहरु सोमबारबाट सुरु हुने सदनको अधिवेशनमा पेश गर्न सरकारलाई आग्रह गरेको हो ।
अघिल्लो अधिवेशनमा पेश भएका र विचारधिन रहेका यस अधिवेशनमा पेस हुने सबै विधेयकहरुलाई पारित गर्ने गरी भूमिका खेल्नका साथै सदनमा नियमित उपस्थितिका लागि पनि काँग्रेसले आफ्ना सांसदहरुलाई आग्रह गरेको छ ।
बैठकले नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरुलाई बधाइ एवम शुभकामना दिदै कोशीमा गठबन्धका उम्मेदवार पराजित हुनुलाई अनपेक्षित परिणामको रुपमा लिएको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्