संसद सञ्चालनमा विषयमा दलहरुसँग सभामुखको छलफल
काठमाडौँ – सभामुख देवराज घिमिरेले संसदमा प्रतिनिधित्व गर्ने संसदीयदलका प्रमुख सचेतकहरुसंग २२ गते देखी हुने संसदको हिउदे अधिवेशनका सम्बन्धमा छलफल गर्नु भएको छ।
सभामुख घिमिरेको कार्यकक्ष सिंहदरवारमा भएको छलफलमा संसद सञ्चालनको लागि संसद सचिवालयले बनाएको क्यालेन्डर (सयमतालिका) कार्यन्वय गरेर जाने, अधिवेशनमा धेरै भन्दा धेरै विधेयक पारित गर्ने, गठन हुन बाँकी संयुक्त समितिहरु गठन गर्ने संसदीय सुनुवाइ समितिको सभापति चयन गर्ने लगायत विषयमा छलफल भएको कांग्रेस प्रमुख सचेतक रमेश लेखकले जानकारी दिनु भयो ।
प्रमख प्रतिपक्ष दल नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक पदम गीरीले २२ गते बाटै विद्युतिय हाँजीरी लागु गर्ने संसदलाई प्रभावकारी बनाउने संसद बैठकमा प्रस्तुत हुने विधेयकबारे पूर्वजानकारी गराउने र समयतालिकामा नै संसदमा पेशहुने विधेयक राखेर जाने लगायतका विषयमा गम्भीर छलफल भएको वताउनु भयो ।
राप्रपा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले संसद प्रभावकारी बनाएर जाने विषयमा छलफल भएको संसदहरुलाई जिल्ला जिल्लामा जान समय निर्धारण पनि समयतालिकामै उल्लेख गर्ने गरी छलफल भएको वताउनु भयो ।
प्रतिक्रिया राख्नुहोस्