देशको अर्थतन्त्र सुधार हुदै गएको छ: प्रधानमन्त्री
उदयपुर– सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आर्थिक अवस्था सुधार हुदै गएको बताउनु भएको छ ।
उदयपुरको रौतामाई गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको उदघाटन गर्नुहुदै प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्रमा सुधार देखिएको बताउनु भएको हो ।
‘देश आर्थिक संकटमा परेको अवस्थामा भएपनि अहिले आर्थिक अवस्था सुधार हुदै गएको छ ।’ उहाँले भन्नु भयो ‘विदेशी मुद्रा संचिती, पर्यटन आउने र रेमिटेन्सको प्राप्तहुने दर बढेका, घरजग्गा कारोबार फुकुवा भएको, बैक ब्याजदर घट्दो भएकाले अर्थतन्त्र सुधार हुदै गएको छ ।’
प्रधानमन्त्री पुष्पकमल दाहालले शान्तिप्रक्रियाका केही कामहरु राजनैतिक दलहरुको सहमतिमा टुङ्गाईने बताउनु भयो । उहाँले देशका युवाहरुलाई आर्थिक क्रियाकलापमा जोड दिने नीति अनुरुप विभिन्न योजनाहरु अघि बढाईएको छ ।
प्रधानमन्त्री प्रचण्डले आगामी जेठमा आउने आर्थिक बर्ष २०८१÷०८२ को बजेट बक्तव्यमा ३ करोड भन्दा कम लागतका योजनाहरु संघीय सरकारले कार्यान्वयन नगर्ने निर्णय भई सकेको जानकारी दिनु भयो ।
रौतामाई गाउँपालिका–२ स्थित भुट्टारमा करिब १० कट्टा क्षेत्रफलमा निर्माण गरिएको साँढे दुई तले प्रशासनिक भवन ७ करोड ८७ लाख लागतमा निर्माण सम्पन्न भएको रौतामाई गाउँपालिकाले जनाएको छ ।
रौतामाई गाउँपालिका सुविधा सम्पन्न प्रशासनिक भवन निर्माण भएपछि गाउँपालिकाको समग्र सेवा प्रवाहमा सजिलो हुने गाउँपालिकाका अध्यक्ष विरेन्द्रकुमार मगरले जानकारी दिनु भयो ।
प्रशासनिक भवन फरक क्षमतामैत्री विद्युतीय र्भयाङ (लिफ्ट) जडान गरिएको छ । साँढे दुई तले भवनमा एक सभाहल, न्यायिक समितिको ईजलास सहित २८ वटा कोठा रहेको छ । नगर प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतका सुविधा सम्पन्न कार्यकक्ष र नगरपालिकाका विभिन्न शाखाहरू एउटै भवनमा अट्ने गरी भवनको निर्माण भएको छ ।
२०७७ असोजमा सुरु भएको भवन निर्धारित समयभित्र नै २०८० भदौमा रौताहा, धुलिखेल, सुसम आदित्य जेभीले निर्माण सम्पन्न गरी हस्तान्तरण गरेको हो ।
प्रतिक्रिया राख्नुहोस्