विमानस्थल सुरक्षा प्रमुख चन्दद्वारा राजीनामा

काठमाडौँ– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख तथा प्रहरी नायब महानिरीक्षक अर्जुन चन्दले पदबाट राजीनामा दिनुभएको छ ।

व्यक्तिगत कारणले आफूले राजीनामा दिएको प्रहरी नायब महानिरीक्षक चन्दले  जानकारी दिनुभएको छ । उहाँले भन्नुभयो, “मैले मेरो व्यक्तिगत कारणले शुक्रबार राजीनामा दिएको छु, बाँकी अहिले म केही भन्दिनँ ।”

चन्दको उमेर हदको सेवाअवधि आगामी २०८१ चैत मसान्तसम्म रहेको थियो ।

विमानस्थलमा खटिएका प्रहरी अधिकारी र अध्यागनमा कार्मचारीबीच तनाव सृजना भएको कहि दिनपछि विमान स्थलका सुरक्षा प्रमुखले दिएको राजीनामा लिएर धेरै अडकल र चासो ब्यक्त भएका छन् ।

प्रहरी र अध्यागमन कर्मचारी बीचको उक्त घटना  छानबिन गर्न गृहमन्त्रालयले गठन गरेको समितिले  गत बुधबार मात्रै उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई  प्रतिवेदन बुझाएको थियो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.