गठबन्धनको ध्यान सत्ता टिकाउने मै केन्द्रीत छ : ओली

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता टिकाउने तर्फ मात्रै गठबन्धनको ध्यान केन्द्रित रहेको बताउनु भएको छ।

संसद भवन नयाँ बानेश्वरमा शनिबार बसेको एमाले संसदीय दलको बैठकमा अध्यक्ष ओलीले वर्तमान सरकारले देश र जनताका लागि केही गर्न नसकेको र गठबन्धनको समग्र ध्याननै सत्ता टिकाउनेमा मात्रै केन्द्रीत रहेको बताउनुभयो ।

अध्यक्ष ओलीले सरकारलाई सत्ताको दुरुपयोग गर्न नदिन एमाले सांसदहरूको भूमिका प्रभावकारी हुनुपर्ने बताउदै सम्बन्धित विषयको अध्ययन गर्न र बुदाँ टिपोट गरेर संसद र समितिको बैठकमा प्रस्तुत हुन निर्देशन दिनु भयो ।

बैठकमा अध्यक्ष औलीले आफुलाई ज्ञान भएको समितिमा मात्रै बस्न र ज्ञान नभएको समितिमा भए समिति हेरफेर गरेर विषय बस्तुको पूर्वतायरी साथ बैठकमा प्रस्तुति राख्न एमाले सांसदहरुलाई निर्देशन दिनुभएको हो ।

संसद सचिवालयले तयार पारेको समयतालिका अनुसार संसद र समितिको बैठक तय हुने र छलफलको विषय पहिलेनै जानकारी हुने भन्दै अध्ययन गरेर मात्रै बैठकमा जान निर्देशन दिनुभयो ।

बैठकमा अध्यक्ष ओलीले संसदको महासचिव नियुक्ति रोकेर राष्ट्रपतिले संवैधानिक दायारा भुलेर आफुलाई दलीय लेपन लगाउन खोजेको आरोप लगाउनु भयो ।

प्रतिनिधिसभाका सभामुख र राष्ट्रिय सभा अध्यक्षले संयुक्त रूपमा गरेको सिफारिसलाई किन रोक्नु परेको भन्दै प्रश्न गर्दै एमाले अध्यक्ष ओलीले राष्ट्रपति दल विशेष वा गठबन्धनको नभइदिनु पर्नेमा कांग्रेस भइरहनुभएको आरोप लगाउनु भयो ।

संसद्का तत्कालीन महासचिव डा. भरतराज गौतमले गत मंसिर २५ गते राजीनमा दिएपछि त्यसै दिन नै कार्यवाहक महासचिव पदम पण्डेलाई संसदको महासचिवमा नियुक्तिका लागि सभामुख र राष्ट्रिय सभा अध्यक्षले सिफारिस गरेपनि राष्ट्रपतिबाट पाण्डेको नियुक्ति अघि बढन सकेको छैन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.