इराक र सिरियामा अमेरिकाको आक्रमण

काठमाडौँ – अमेरिकाले सीरिया र इराकका ८५ स्थानमा हवाई आक्रमण गरेको छ । अघिल्लो साताको आइतबार जोर्डनस्थित अमेरिकी सैनिक अखडामा भएको ड्रोन हमलामा आफ्ना ३ जना सैनिकको मृत्यु र ४० जना घाइते भएको बदलामा अमेरिकाले यो आक्रमण गरेको बताएको छ ।

अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले इरान समर्थित लडाकुहरु रहेको ठाउँमा हमला गरिएको दावी गरेको छ । इरानले भने अमेरिकी सैन्य अखडामा भएको आक्रमणमा आफ्नो संलग्नता नरहेको बताउँदै आएको छ । इराकले अमेरिकी हमलाले खाडी क्षेत्रमा नै भयावह स्थिति निम्तनसक्ने चेतावनी दिएको छ ।

यदयपी अमेरिकी आक्रमणबाट भएको क्षतिको सम्वन्धमा भने विवरण सार्वजनिक गरिएका छैनन् । इराकमा २ हजार ५ सय, जोर्डनमा ३ हजार तथा सीरियामा ९ सय अमेरिकी सैनिक खटिएका छन् । यस बाहेक खाडीक्षेत्रमा रहेका विभिन्न मुलुक तथा उद्योगहरुमा समेत अमेरिकी सेना तैनाथ छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.