प्रधानमन्त्रीलाई मायाको चिनो ‘मान्द्रो’ उपहार

सिन्धुली- सिन्धुली दुधौलीका दनुवारी समुदायले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मान्द्रो मायाको चिनो उपचार दिएका छन् । समुदायले बनाएको मान्द्रोको बजारीकरण र प्रचारप्रसारमा सहयोग पुर्‍याउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मान्द्रो मायाको चिनो दिएका हुन् ।

शनिबार सिन्धुलीको दुधौली नगरपालिको नगरअस्पताल भवनको उद्घाटन गर्न सिन्धुली आउनु भएका प्रधानमन्त्रीलाई दनुवार समुदायले बनाएको मान्द्रो मायाको चिनोमा दिइएको हो ।

बाँसको चोयाले बनाएको मान्द्रोलाई दनुवारी भाषामा मनराजी पटिया नामले चिनिन्छ । ‘यो मान्द्रो घरेलु उद्योग पनि हो, त्यसलाई प्रोत्साहन गर्नका लागि हामीले प्रधानमन्त्रीलाई मान्द्रो उपहार पठाएका हौ’, दुधौली नगरपालिकाका मेयर दिनेश अधिकारीले भन्नुयो, “दनुवार समुदायले बनाएको मनराजी पटिया विशेष गरि सभा समारोहमा सजाउन उपयोगी हुने गर्छ ।”

उहाँले नेपाली बोलीचालीको भाषामा मान्द्रो भनिएपनि दनुवारी समुदायले बनाउने मनराजी पटिया बढी आकर्षक हुने बताउनु भयो । चारैतिरको विट चार इन्च मोटो हुन्छ यो विट हेर्दा दुइओटा मान्द्रो जस्तो देखिन्छ तर एउटै हो ।

आधुनिकतासँगै हराउदै गएको घरेलु उद्योगको प्रोत्साहन गर्न प्रधानमन्त्री र बागमती प्रदेशका मुख्यमन्त्रीलाई मान्द्रो मायाको चिनो पठाएको दनुवारी समुदायकै मेयर अधिकारीले बताउनुभयो ।

दुधौलीमा बाँस प्रशस्त हुने र यसको सम्भावना राम्रो भएको मेयर बताउनु हुन्छ । अहिले पलाष्टिकका सामानहरु बजारमा आउन थालेपछि घरेलु उद्योगका मान्द्रो लोप हुने अवस्थामा पुगेका छन्, मेयर अधिकारीले भन्नुयो, “खर्चिलो हुन्छ मिहिनेत अनुसारको प्रतिफल पाउन मुस्किल पर्न थालेकाले मान्द्रो लोप हुने अवस्थामा छ ।”

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.