सार्वजनिक शौचालय स्थानीयको भण्डार

धादिङ धादिङको निलकण्ठ नगरपालिका ८ ससाहमा  सार्वजनिक प्रयोगका लागि बनाइएको शौचालयहरुमा स्थानीय आफ्नो समान भण्डारणको थलो बनाएका छन् ।

ग्रामिण भेगबाट विभिन्न कामकाजका लागी सदरमुकाम आउजाउ गर्ने सर्वसाधारणहरुको सुविधाका लागि निर्माण गरिएको शौचालयलाई भण्डारको रुपमा प्रयोग गरिदा सर्वसाधरणहरु समस्यामा परेका छन् ।

नगरपालीकाले गरेको बेवास्थाका कारण यस्तो आवस्था आएको गुनासो सर्वसाधारणको छ । तर नगरपालिकाले भने शौचालय कसले निर्माण गरिएको भन्ने विषय नै आफ्नो जानकारीमा नरहेको बताउछ ।

नगरपालिका योजना शाखाका विवेक खतिवडाले उक्त स्थानमा सार्वजनिक सौचालय रहेको नगरपालिकाको कुनै रेकर्ड नदेखिएको र यस विषयमा प्रतिक्रिया आवश्यक नभएको बताउनु भयो ।

शौचालयहरु खानेपानी मन्त्रालय अन्तरगतको तत्कालीन ग्रामिण खानेपानी तथा सरसफाई विकास कोष समीतीद्वारा निर्माण गरिएको हो ।

ग्रामिण खानेपानी तथा सरसफाई विकास कोष समीती खारेजीमा परेपछि नगरपालीका क्षेत्रमा लाखौ खर्चेर निर्माण गरेका नगपालिका भित्र रहेका तिन ओटा सार्वजनीक शौचालय वेबारिसे बनेको हो ।

खास गरी शौचालयको लागि चाहिने पानी ब्यवस्थापन गर्न नसक्दा प्रयोगमा ल्याउन नसकिएको स्थानीयको भनाइ छ ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.