दुई दिन भित्र अनुसन्धान नसके चौधरीलाई हाजिरी जमानीमा छाडन अदालतको आदेश

काठमाडौँ– जिल्ला अदालत काठमाडौँ अरुण चौधरीका सम्बन्धमा दुई दिन भित्र अनुसन्धानको प्रकृया नसको हाजिरी जमानीमा छाड्न आदेश गरेको  छ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले २२ गते सोमवारबाट लागु हुने गरी दुई दिन भित्र अनुसन्धान नसकिए अनुसन्धानको कार्यमा सहयोग गर्नको लागि कागज गराई हाजिर जमानीमा छाडी बाँकी अनुसन्धानको कार्य पुरा गर्न केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)लाई आदेश दिएको हो ।

”प्रतिवादीहरुलाई २५ दिन सम्म नै हिरासतमा राखी अनुसन्धान गर्न बुझ्न पर्ने  कागज गराउनु पर्ने भएमा त्यस सम्बन्धमा बुझी  कागज गराउनको लागि मिति २०८०।२०।२२ गते देखि लागु हुने गरी दुई दिनको म्याद थप गरी दिएको छ । प्रतिवादीहरुबाट थप बुझ्नु पर्ने कागज गराउनु पर्ने नपर्ने भएमा सो अगावै पनि अनुसन्धान अधिकारीले हाजिरी जमानीमा छाडन सक्ने र सो नभएमा म्याद थप भएको दुई दिन भित्र अव बुझ्नु पर्ने बाँकी काम सम्पन्न गर्ने गरी सम्पन्न हुन नसक्ने भएमा निजहरुलाई अनुसन्धानक कार्यमा सहयोग गर्नका लागि कागज गराई हाजिरी जमानीमा छाडी बाँकी अनुसन्धानको कार्य पुरा गर्नुभनि मुलुकी फौजदारी मुलुकी कार्यविधि सहित २०७४ को दफा १४,६ बमोजिम यो आदेश गरिएदिएको छ ।” आदेशमा उल्लेख छ ।

बाँसबारी छाला जुत्ता कारखानाको जग्गा अनियमित रुपमा आफ्नो नाममा बनाएको भन्दै व्यवसायी अरुण चौधरी लगायतका व्यक्तिहरुलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले हिरासतमा लिई अनुसन्धान गरिरहेको छ ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.